background img
Sep 3, 2019
101 Views
0 0

अन्तिम समयमा २० अंकले बढ्यो नेप्से, ५१ करोडको कारोवार

Written by

काठमाडौं । पछिल्ला केहिदिन यता लगातार घटिरहेको नेप्से परिसुचक मंगलबार एकाएक २० अंकले उकालो लागेको छ । विहानै देखि घट्ने र बढ्ने भईरहेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा २० दशमलव ५७ अंकले उकालो लागेको हो ।

मंगलबार म्युचुअल फण्ड र अन्य समुहका बाहेक अन्य परिसुचकहरु उकालो लागेका छन । मंगलबार सबैभन्दा बढि बीमा समुहको परिसुचकमा सुधार आएको छ ।

बढेको बजारमा जिवन बीमा समुहको परिसुचक १ सय ४५ अंकले उकालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचकमा १ सय २३ अंकको सुधार देखिएको छ । यस्तै माईक्रोफाईनान्स समुहको परिसुचक ३३ अंकले उकालो लाग्दा होटल समुहको परिसुचकमा २३ अंकको सुधार देखिएको छ ।

बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा भने १८ दशमलव ९८ अंकको सुधार देखिएको छ । बजारमा अन्य समुह र म्युचुअल फण्ड समुहको परिसुचकमा सामान्य गिरावट आएको छ ।

दिनभर १ सय ७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर किनवेच भएका छन । मंगलबार ५१ करोड ५ लाख बराबरको कारोवार भएको छ ।

The post अन्तिम समयमा २० अंकले बढ्यो नेप्से, ५१ करोडको कारोवार appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *