background img
Sep 6, 2019
110 Views
0 0

अब पीओएस मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने, शुल्क लागे राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह

Written by

काठमाडौं । अबदेखि पोईन्ट अफ सेल (पीओएस) मार्फत कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै पीओएस मेशिनमार्फत कारोबार गर्दा अबदेखि अतिरिक्त शुल्क नलाग्ने जानकारी दिएको हो ।

बैंकले होटल, सपिङ मल, पसल, डिपार्टमेन्टर स्टोर लगायतका स्थानमा पीओएस मार्फत कारोवार गर्दा कतिपय यस्ता निकायहरुले अतिरिक्त शुल्क लगाउँदै आएका थिए । अब भने राष्ट्र बैंकले नै यसमा कडाई गर्दै अतिरिक्त शुल्क लिन नपाईने व्यवस्था गरेको हो ।

यस्तै राष्ट्र बैंकले यस्ता निकायहरुले अतिरिक्त शुल्क लिएको पाईएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

The post अब पीओएस मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने, शुल्क लागे राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *