background img
Dec 1, 2019
35 Views

उप निर्वाचनको परिणाम सिरहामा नेकपा विजयी

Written by

लहान / सिरहाको कल्याणपुर नगरपालिका १२ नम्वर वडाको समपन्न उप निर्वाचनामा नेकपाका उम्मेदबार दिलिपकुमार यादव विजयी हुनुभएको छ ।

२४८१ मत खसेकोमा विजयी उम्मेदबार यादवले ८२५मत प्राप्त गुर्न भएको छ । उहाँको निकटम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका उम्मेदबार प्रदिपकुमार महतोले ६५४ र तेस्रो स्थानमा नेपाली काँग्रेसको राज कुमार मुखियाँले ६१५ मत प्राप्त गरेको निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवको अनुसार ७२ प्रतिशत मतदान भएको कल्याणपुर नगरपालिका १२ नम्वर वडामा पुरुषभन्दा महिलाले बढी मतदान गरेका थिए ।

त्यस वडामा नेपाली काँग्रेसबाट निर्वा्चित वडाध्यक्ष रामदेव यादवको मृत्यु भएपछि भएको उपनिर्वाचनमा काँग्रेस तेस्रो स्थानमा खुम्चिन पुगेको छ । राष्ट्रिय जनता पार्टी दोस्््रो स्थानमा सुरक्षित रहेको छ भने नेकपाले बाजी मार्न सफल भएको हो ।

निर्वा्चित वडाधयक्ष यादवले आफू निर्वा्चित भए पनि राजपा र नेपाली काँग्रेसका उम्मेदबारहरुसंग समेत सल्लाह सुझाव दिएर वडाको विकासमा दृढतापूर्वक लाग्ने छोटो प्रतिक्रिया दिनु भएको छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *