background img
Dec 16, 2019
52 Views

एकैदिन काठमाडौंका ६ स्थानमा एनआईसी एशियाका नयाँ शाखा विस्तार

Written by

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन विभिन्न स्थानमा ६ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार विभिन्न कार्यक्रमको आयोजना गर्दै काठमाडौंका विभिन्न स्थानमा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले काठमाडौंका बोहोराटार, कलंकीको खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भुमा आफ्ना नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । उक्त शाखाहरुको उक्त वडाहरुका विभिन्न पदाधीकारीहरुले उदघाटन गरेका थिए । बैंकले हाल देशभर ३ सय ११ शाखा, ४ सय ३ एटिएम, ९५ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

The post एकैदिन काठमाडौंका ६ स्थानमा एनआईसी एशियाका नयाँ शाखा विस्तार appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *