background img
Sep 6, 2019
16 Views
0 0

कल्याणपुर ग्रामीण भेगका जनतालाई एम्बुलेन्स

Written by

सिरहा जिल्ला निर्बाचन क्षेत्र नंम्बर ४ (ख) स्थित कल्याणपुर नगरपालिकाका जनताको कष्टकर स्वास्थ्य अवस्थालाई ध्यानमा राखी एम्बुलेन्स व्यवस्था गरेको छु । लगभग ७० हजार जनसंख्या रहेको यस नगरपालिकामा एउटा पनि एम्बुलेन्स नहुदाँ साधारण बिमारीमा पनि ज्यान जोगाउनका लागि गार्हो थियो ।

 

सिरहा मिर्चैयाबाट एम्बुलेन्स आउनै एक घण्टा लाग्थ्यो जसको कारण सर्बसाधारण गरिब जनताको अनाहकमा अकालमा ज्यान जान्थ्यो । अब त्यस्तो कारुणिक अवस्थाको अन्त्य भएको छ । अब त्यस्तो दिन देख्नु नपर्ला । यस मानविय समवेदनाको उच्च कार्यले जनतामा खुशी छाएको छ । ग्रामीण भेगमा यस्तो सुबिधा सम्पन्न एम्बुलेन्स हुनु अपार खुशीको कुरा हो । आरामदायी, स्ट्याण्डर्ड हाइट, वाइडबडी, एसी, अक्सिजन जडान गरिएको छ । यसले गर्दा बिरामी र कुरुवालाई कुनै किसिमको असुविधा हुने छैन ।

 

उक्त एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखालाई हस्तान्तरण गरेको छु । उपशाखा सभापति महेश्वर यादव, सचिव रामनारायण साह लगायत सम्पूर्ण समितिलाई अहोरात्र खटेर यो कार्य सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु । साथै यसको रेखदेख संचालनमा समेत कुनै किसिमको कमिकमजोरी नहोस भन्ने समेत ध्यानाकर्षण गराउन चाहन्छु ।

 

रेडक्रस दिवसको अवसरमा आयोजित यस एम्बुलेन्स हस्तान्तरण समारोहमा उपस्थित पूर्वमन्त्री श्री राजलाल यादव, जिप्रका सिरहाका प्रमुख श्री गोपाल अधिकारी, प्रहरी उपरीक्षक श्री उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धान सिरहा प्रमुख श्री रमेश कुमार यादव, नेपाल रेडक्रस सोसाइटी सिरहा प्रमुख श्री राजदेव यादव, जिल्ला प्राविधिक कार्यालय सिरहाका ई। पशुपति साह साथै राजपा,सपा, नेकपा र नेकाका प्रतिनिधि तथा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई समुदायलाई उपस्थित भई कार्यक्रम सफलता पूर्वक सम्पन्न गराएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । प्रदेशसभा संसदीय कोषबाट उक्त एम्बुलेन्स खरिद गरिएको हो जसको निम्ति १८ लाख रकम विनियोजन गरेको थिएँ ।

 

 


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *