background img
Mar 24, 2020
8 Views
0 0

कोरोना भाइरस संक्रमण रोकथाम कोषमा एनसेलको १० करोड योगदान

Written by

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ योगदान गरेको छ । उक्त सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जानकारी दिएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् । ‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ ।…

The post कोरोना भाइरस संक्रमण रोकथाम कोषमा एनसेलको १० करोड योगदान appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *