background img
Sep 5, 2019
116 Views
0 0

जिपी कोइराला फाउण्डेशनको कला र सांस्कृतिक विभाग संयोजकमा यादव चयन

Written by

रोयाण्टर मण्डल
सिरहा । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको कला र सांस्कृतिक विभाग संयोजकमा श्याम सुन्दर यादव चयन हुनु भएका छन् ।

नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जिपी कोइराला फाउण्डेशनको कला र सांस्कृतिक विभाग संयोजकमा यादव चयन भएका हुन् ।

फाउण्डेशनका संस्थापक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले तीज महोत्सवको अवसरमा महिला कलाकारहरूसँग मिलेर संयोजको जिम्मेवारी दिएका छन् । उहाँको कार्यक्षमता र कुशलताका कारणले नै यादवलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

Image may contain: 2 people, people smiling, people standing, people sitting and beard

को हुन् यादव ?

सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर २ का बस्ने वुवा पशुपाल यादब र आमा तारा देवी यादबको दोस्रो पुत्रको रुपमा जन्म लिनुभएको यादब देश विदेशमा आफनो कला प्रदर्शन गरेर आफनो घर परिवारको मात्रै होईनन् सुखीपुर नगरपालिकाको पनि गौरव बढाएको छ ।

No photo description available.
विदेशमा पनि आफनो कला प्रदर्शन गर्ने क्रममा आफनो जन्मभूमी सुखीपुरको सिर्जन गरेको आर्ट समेत प्रदर्शन गर्नुहुन्छ । त्यति मात्रै होईन विदेशी कलाकारहरुलाई ला सिर्जना गर्न र प्रदर्शन गर्न सुखीपुरमा समेत हरेक वर्ष वहाँले ल्याउनुहुन्छ । यहाँको रितिरिवाज र रहनसहनका बारेमा आर्ट सिर्जन गारउन र प्रदर्शन गर्न वहाँ मुख्य स्रोत बन्नुहुन्छ । वहाँले दर्जनो देशमा पुगी मिथिला आर्ट कला सिर्जना प्रदर्शन गर्ने र विक्री वितरण गर्दै देश विदेशमा सुखीपुरको नाम उच्च गरि राख्नु भएको गरेको छ ।

Image may contain: one or more people and outdoor
काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरी संचालनगरी मिथिला आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने चित्रहरु बनाउने गर्ने गरेको छ । केहिसमय यता मिथिला येँ ग्यालरी देश–विदेशका कलाकारहरुलाई एकत्रित गरी देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शनी एवं कला कार्यशालाको आयोजना गरिरहेको छ । मिथिला येँले भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा केही समयअघि नेपाल, भारत, बंगालादेश, फ्रान्स, मेक्सिको, श्रीलंकालगायतका देशका कलाकारहरुसंग कार्यशाला एवं कला प्रदर्शनीको संयुक्त आयोजना गर्दै आएको छ । सुखीपुरमा पनि प्रत्येक वर्ष विदेशी कलाकारहरुलाई समेत सहभागी गराएर कार्यशाला गर्न आउने गर्छन् ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *