background img
Aug 29, 2019
128 Views
1 0

जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी नारावाजी, जनकपुर तनावग्रस्त

Written by
जनकपुरधाम । जनकपुरमा प्रहरीले नरिवल बेच्ने एक युवकलाई कुटेको केही समय नबित्दै जनकपुर तनावग्रस्त बनेको छ । जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले जानकी मन्दिर स्थित रहेको जानकी चोकको फुटपाथमा नरिवल बेचिरहेका एक युवकसँग मागेको पैसा नदिएपछि कुटपीट गरेको घटनाले जनकपुर तनावग्रस्त बनेको हो । प्रहरीले कुटपीट गरेलगत्तै स्थानीय युवाहरु नरिवल बेच्ने गरिबलाई किन कुटेको भन्दै बुझ्नका लागि जानकी मन्दिर परिसर पर्यटक प्रहरी चौकी गएका थिए । तर, उनीहरुलाई समेत प्रहरीले दुव्र्यवहार गरेपछि अवस्था तनावग्रस्त बनेको छ । नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो स्थानीय युवा अगुवा एवम् युवा नेता शुशिल कर्णले खिचेर फेसबुकमा राखेपछि अवस्था विग्रिएको हो । उनले फेसबुकमा प्रहरीको दमन बारे लेखेपछि जानकी प्रहरी चौकीका ईन्चार्जले कर्णलाई बोलाएर हातपात गरेपछि युवाहरु आन्दोलनमा उत्रेका छन् । सो क्रममा प्रहरीले कर्णको कपडा समेत च्यातिदिएका छन्, त्यसपछि अवस्था तनावग्रस्त बनेको हो ।  अहिले युवाहरु जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरिरहेका छन् । उनीहरु जानकी चोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले गरिबमाथि ज्यादति गरेको प्रहरी जवानलाई कारवाहीको माग गर्दै जिप्रका धनुषा अगाडी चर्को नारावाजी गरिरहेका छन् । यस बारे थप विवरण अपडेटमा हुन्छ ।

User Rating: 4.68 ( 3 votes)
0

जनकपुरधाम  जनकपुरमा प्रहरीले नरिवल बेच्ने एक युवकलाई कुटेको केही समय नबित्दै जनकपुर तनावग्रस्त बनेको छ ।

जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले जानकी मन्दिर स्थित रहेको जानकी चोकको फुटपाथमा नरिवल बेचिरहेका एक युवकसँग मागेको पैसा नदिएपछि कुटपीट गरेको घटनाले जनकपुर तनावग्रस्त बनेको हो ।

प्रहरीले कुटपीट गरेलगत्तै स्थानीय युवाहरु नरिवल बेच्ने गरिबलाई किन कुटेको भन्दै बुझ्नका लागि जानकी मन्दिर परिसर पर्यटक प्रहरी चौकी गएका थिए । तर, उनीहरुलाई समेत प्रहरीले दुव्र्यवहार गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।
नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो स्थानीय युवा अगुवा एवम् युवा नेता शुशिल कर्णले खिचेर फेसबुकमा राखेपछि अवस्था विग्रिएको हो । उनले फेसबुकमा प्रहरीको दमन बारे लेखेपछि जानकी प्रहरी चौकीका ईन्चार्जले कर्णलाई बोलाएर हातपात गरेपछि युवाहरु आन्दोलनमा उत्रेका छन् । सो क्रममा प्रहरीले कर्णको कपडा समेत च्यातिदिएका छन्, त्यसपछि अवस्था तनावग्रस्त बनेको हो । 

अहिले युवाहरु जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरिरहेका छन् । उनीहरु जानकी चोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले गरिबमाथि ज्यादति गरेको प्रहरी जवानलाई कारवाहीको माग गर्दै जिप्रका धनुषा अगाडी चर्को नारावाजी गरिरहेका छन् । यस बारे थप विवरण अपडेटमा हुन्छ ।

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *