background img
Sep 4, 2019
429 Views
0 0

दहेज

Written by

कथाकार– धनेश्वर ठाकुर

आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किराना पसलमा सेल्समेनको काम गर्थे काम ठिकै थियो विहान नउ बजे डिउटि गये भन्ने बेलका को आठ नउ बजे आउथियो ।

सेलरि पनि ठिकै थियो खायेर बसेर महिनाको लगभग दश हजार बचाउ थियो । त्यो पैसा घरमा हुने आमा, भाई दिदीहरू को लागि पठाई दिन्थे किनकि बुवा मेरो म ट,ठ सालको हुदा खेरी स्वर्ग बास हुनु भाथियो आने बुवाको मृत्यु भै सकेको थियो । घरको जिम्मेदारी मेरै काधमा थियो मैले पैसा पठायेन भन्ने घरमा चुलो पनि बन्द हुने स्थिति आउ थियो त्यसैले म महिने पिछै आमा लाई पैसा पठाई दिन्थे ।
एक दि द्द,घ महिना पछि घरमा फोन गर्दा आमा ले भन्नु भो बाबू तिमी लाई कस्तो छ बा ? धेरै दिन पछि फोन गरियो किन बाबू ? तिमी लाई आमा , भाई दिदीको याद आउदैन ? आमा को कुरा सुन्दा एक छिन अकमक केही बोलेन किन कि तेति खेर फोन गर्नको लागि आमा लाई पाच कि.मी फोन गर्न आउनु पर्थियो आमा लाई र त्यहाँ पनि फोन गर्ने ठाउमा फोन सुन्नको लागि पनि मान्छेहरू लाईन लागेर बस्नु पर्थियो किनकि एउटै फोन थियो तर फोन गर्नेहरूको यतिकै भिड हुन्थियो र बाहिर बाट पनि त्यतिकै फोन सुन्ने हरुको भिडको कारण आमा लाई त्यहाँ बोलाउदैन थियो । यो सबैकुरा आमा लाई सुनाए र आमा लाई भने आमा फोन गर्ने ठाउमा त्यहाँ धेरै भिडभार हुन्छ त्यही भयेर फोन गरेन । अरू सुनाउनु आमा घर तिरको केछ हालखबर भाई दिदीहरू कस्तो हुनुहुन्छ ?तपाईहरूको याद एकदमै सताउछ आमा ।

आमाले पनि भने छोरा तिम्रो याद पनि यतिकै सताउछ मलाई के गर्ने गरीबको जिन्दगी यसतैहो । म एउटा कुरा भनु ?मैले भने भन्नु आमा ? आमाले भन्नु भो तिम्रा दिदी को लागि जनकपुर बाट एउटा मान्छे हेर्न आथियो के गर्ने छोरा ? दिदीको विहे गर्छस ? मैले भने आमा लाई कस्तो खन्दान छ उसको कति जागा जमिनहरू छ ? केटा कति पढे लेखेका छन आदि इत्यादि कुराहरू आमा लाई सोधे आमाले सबै ठिकै छ तिम्रो मामा पनि त्यको घर खन्दान देखे छ राम्रै छ । आमा को कुरा सुनेर मैले भन्ने हुन्छ आमा राम्रो खन्दान छ भन्ने दिदीको विहेको कुराकानी छिनो फानो गर्नु र सायत मिलाएर वेहेको तिथि पनि निकाल्नु आमा ले भन्नुभो हुन्छ तिम्रो मामा लाई भोलि पठाउछु उसको घरमा मामा उसको घरमा गयेर विहेको दिन तोकियो बैशाष द्दढ गतेको ।

म पनि काठमाण्डौं बाट दिदीको विहेको लागि घर गये घर मा गयेर विहेको समानहरू किन मेल गर्नको लागि कृषि विकास बैंक बाट आमाले एक लाख रु. ऋण लिनु भो तेति खेर एक लाख रुपैया भनेको धेरै थियो । दिदी विहेको लागि सरसामानहरू किने दिदीको विहे धुमधाम संग हिन्दू रितिरिवाजले भयो ।

अब दिदीको विहे भएको कारण आमा लाई सघाउने कोइ थियेन भाई स्यानै थिए म काठमाण्डौ मा काम गर्थे अब बैंक बाट ऋण लियेको पैसाको भाखा आयो म जुन साहुँको पसलमा काम गर्थे त्यो साहु संग पैसा लियेर आमा लाई पठाई दिए र आमा लाई भने बैंकको पैसा दिनुहोला आमा म यहाँ साहु संग पैसा मागेर पठाको छु । आमा बैंकको लोन पुरै तिरि दिनु भो यता म पनि एउटा साहुको घरमा एक दुई घण्टा काम गरे बापत घ हजार अर्को पाए । त्यस पछि महिनाको ज्ञघ हजार बचाउन लागे तिन हजार आमा लाई पठाई दिन्थे र ज्ञण् हजार साहु संग लेको पैसा साहु लाई दिने गर्थे ।

ढ,ज्ञण् महिना भित्र मैले साहुको ऋण तिरि सके त्यस पछि दशैं नजिकै आयो म दशैमा घर गये र एक हप्ता पछि दिदीको घर गये दिदी संग भेटघाट गरे दिदीको अनुहार मलिलो थियो दिदी लाई सोधे के भो दिदी ? दिदी केही जवाब दिएन एक छिन पछि दिदीको सासु ले दिदी लाई भन्नुभो तेरो बुवा आमा दाईजोमा केही दियेन तिमी भाई संग जा दाईजो लिएर आईज ? दिदी को सासुको कुरा सुनेर मलाई कस्तोन कस्तो लागियो दिदी लाई भने जाउ दिदी आफ्नो घर आमा ले आउन भने छ ?

त्यस पछि म र दिदी आफ्नो घर आए र आमा लाई दिदी घरको सबै कुरा सुनाए र आमा लाई भने आमा दिदी लाई यहीं राख्नु दिदीको सासुले दिदी लाई दाईजो न ल्याएको छस त जा दाईजो लिएर मात्र आउ भन्ने छ । आब के गर्ने आमा म विदेश जन्छु र दिदीको सासु लाई भन्ने जति दाईजो दिन्छु मलाई विदेश जानको लागि पासपोर्ट पनाउनु पर्छ पैसा चाहिन्छ पैसा खोज दिनु ? आमा विदेश जानको लागि र पासपोर्ट बनाउनको लागि एक लाख लोन साहुको घर बाट ल्ईदिनु भो म पासपोर्ट बनायेर एजेंट लाई दिये र दोहा्कतारको लागि उडे कतार जादा किलिङ कम्पनीमा काम थियो । काम ठण्डाको नै थियो राम्रै थियो भन्नु पर्यो ।
केहि महिना पछि आमा लाई फोन गरे आमा संग हाल खबर सोधे आमा सबै ठिकै भन्नु भो दिदी भाईको बारेमा सोधे त्य पछि आमा भन्नुभो दिदी लाई लगि सकियो त्यको ससुरा आथियो लिनको लागि ? आमाको कुरा सुन्दा खुशी लागियो तर दिदी लाई लगेर एकदमै दुख दिएको कुरा एउटा साथी मार्फत थाहा पाये । केहि महिना पछि दिदीको गाउँमा फोन गर्दा तेहि फोन बला मान्छेले भने तिम्रो दिदी लाई त्यसको सासु, ससुरा दाईजोको लागि एकदमै दुस्ख दिन्थे तिम्रो दिदी आजै विष सेवन गरे थियो हस्पिटल लादै क्रम मा बाटै मा तिम्रो दिदीको मृत्यु भैसकियो । उसको कुरा सुनेर म रूखको हागाबाट खसेको जस्तो भयो त्यही दिदीको लागि म विदेश कमाउन आको तर तेही दिदी रहेन यो दुनिया मा मलाई त दिदीको मृत्युले एकदमै दुस्खी बनायो पुलिस केस भो दिदीको केस अहिले सम्म अदालत मा छ । मलाई दिदीको यादले दिन रात सताको छ तर दिदीले न्याय पायेन ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *