background img
Sep 8, 2019
257 Views
0 0

बरियारपट्टीमा एकिकृत घुम्ती सेवा अभियान सम्पन्न

Written by

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / मुकेश यादव

सुखीपुर (सिरहा) / सिरहाको बरियारपट्टी गाउँपालिकामा एक दिने एकिकृत घुम्ती सेवा अभियान शनिवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजना तथा बरियारपट्टी गाउँपालिकाको समन्वय तथा सहयोगमा अभियानको आयोजना गरिएको हो ।

जिल्ला सदरमुकाम गएर नागरिकता लिन नसकेका नागरिकलाइ गाउँमै नागरिकता, निशुल्क स्वास्थ्य उपचार, फोटो सहितको मतदाता परिचय पत्र, पशु स्वास्थ उपचार सेवा, निःशुलक बोट विरुवा तिरण लगाएतका सेवा प्रदान गर्नका लागि अभियानको आयोजना गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

मुलुकमा संघीय संरचना आएको सन्दर्भमा नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको छ  । बिरयारपट्टी गाउपालिकाको केन्द्रमा सुरू भएको अभियान आज शनिवार सम्पन्न भएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार साहले बताएका छन् ।

अभियानमा नागरिकता, मतदाता परिचयपत्र, कृषि, स्वास्थ, शिक्षा र पशुसेवा सम्बन्धि उपचार तथा परामर्श सेवा प्रदान गरिएको बिरयारपट्टी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिहले बताए ।

Image may contain: one or more people and outdoor

जिल्ला प्रशासन कार्यालयका सिरहाका प्रशासकीय अधिकृत कमल अचार्यको संयोजकत्वमा अभियान संचालन हुनेछ । जिल्ला प्रशासन कार्यालय सिरहासंगको सहकार्यमा एकिकृत अभियान सेवा सञ्चालन गर्ने बरियारपट्टी गाउँपालिका पहिलो स्थानीय तह हो ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *