background img
Mar 16, 2020
17 Views
0 0

बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

Written by


दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो ।दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *