background img
Nov 3, 2019
7 Views
0 0

भेनेजुएलाका कुटनीतिज्ञहरुलाई निष्काशन गर्न आदेश

Written by


मेक्सिको सिटी– मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ ।वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलाई जानकारी दिइसकेको पनि जनाइएको छ । –सिन्ह्वा/Photo: Reuter


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *