background img
Sep 4, 2019
181 Views
0 0

राम लखन यादवको स्मृती सभामा ५५ लाख विरुवा रोप्न राज्य मन्त्रीको उद्घोष

Written by

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / प्रदेश २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले मधेशमा सबैले आफनो र आफनो आफन्तको जन्म दिनको दिन एउटा विरुवा मात्र रोपियो भने वर्षमा ५५ लाख बृक्षारोप्न ( विरुवा लगाउने) हुने बताउनुभयो ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ७ हंस राज संझा देवी अधारभुत विद्यालयमा आईतवार भएको श्री राम लखन यादव मेमोरियर ट्रष्टको स्मृती सभामा यस्तो बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको राज्य मन्त्री मण्डलले मधेश र मधेशी स्वाभिमान र पहिचानको लागि हामी सबै मिलेर लडनुको विकल्प नरहेको बताउनुभयो ।

श्री राम लखन यादव विकासवादी पुरुष रहेको थियो । वहाँले आफनो जिवनमा गरेको कार्यलाई विर्सनु पदैन् । वहाँले शिक्षा क्षेत्रमा समेत आफना गाउँका वालबालिकालाई पढ्नका लागि आफनै जग्गा विद्यालय स्थापना गरेर महान कार्य गरेको छ । महान मान्छेको आज स्मृती दिनमा यसै विद्यालयलाई आउने दिनमा स्वरुप परिवर्तन हुने गरी विकास गर्ने प्रतिवद्धता गर्नुभयो ।

श्री राम लखन यादव मेमोरियर ट्रष्ट आयोजनामा आयोजित कार्यक्रममा स्मृतीको साथ साथ यस सुखीपुर नगर स्तरमा एसईइमा उच्च नतिजा ल्याएका विद्यार्थीहरुलाई सम्मान, सुखीपुर नगरपालिकामा एक मात्र डोम समुदायवाट स्नातक अध्ययन गरि रहेका लाई सम्मान, एक सय सात वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान र बृक्षारोपन लगायतको कार्यक्रम रहेको थियो ।

सुखीपुर नगर स्तरमा एसईइमा उच्च नतिजा ल्याएका विद्यार्थीहरुमा रविन्द्र यादव, राम एकवाल यादव, मुकेश यादव, संजय दास, धिरज यादव, कुलदीप सिंह, राकेश यादव , ईश्वर झा, अनिल यादव, अजय यादव, शिव राम साह, दिम्बर यादव, सतिस राय , अभिषेक साह, पिंकी यादव, अमर नाथ यादव रामरिझन यादव र लगायतको छात्र छात्रालाई प्रशंसा पत्र र मेडलले सम्मान गरेको छ ।

सुखीपुर नगरपालिकामा एक मात्र डोम समुदायवाट स्नातक अध्ययन गरि रहेका संतोष मल्लिक आर्थिक सहयोग गर्नुभएको छ । मल्लीकको आउने दिनमा शिक्षामा लागने खर्चमा समेत सहयोग गर्ने छ । साथै मल्लिकलाई नगर सुधार समिति सुखीपुरका अध्यक्ष तथा यस कार्यक्रमका संयोजक विपी भुवन यादवले प्रविणता प्रमाण पत्र तहका पढाई तथा लोकसेवा तयारी गर्न पुर्ण सहयो गरेका छन् र अगाडी दिनमा समेत सहयोग गर्ने जानकारीमा आएको छ ।

त्यसैगरी, एक सय सात वर्ष उमेर पुगेका जेष्ठ नागरिक जनक यादव (डाक्टर सहाब), लाई सम्मान गरेको छ ।

श्री राम लखन यादव मेमोरियर ट्रष्टका अध्यक्ष राम जनम यादवको अध्यक्षता भएको कार्यक्रममा राजपाका केन्द्रिय सदस्य शत्रुधन यादव, राजपाका जिल्लाका जिल्ला संयोजक राम बहादुर महतो, नेपाली कांगेसका मेयर प्रत्यासी राम कुमार यादव (बाबा), नेकपाका जिल्ला सदस्य भगवान ठाकुर, समाजवादी पार्टीका वडा कमिटी अध्यक्ष जगदिश यादव, प्रधान अध्यापक राम दयाल यादव, पुर्व प्रधान अध्यापक राम चरित्र ठाकुर यादव, प्रधान अध्यापक राम रिझन यादव लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य स्वर्गीय राम लखन यादवको पुत्र डाक्टर संतोष यादव, कार्यक्रमका संयोजक समेत रहनु भएका विपी भुवन यादवले उद्घोषण गर्नुभएको थियो ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *