background img
Nov 8, 2019
6 Views
0 0

श्री एयरलाईन्सको जहाज यति एयरलाईन्सको जहाजमा ठोक्कियो, सामान्य क्षति

Written by

काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाईन्सको जहाज यति एयरलाईन्सको जहाजमा ठोक्किएको छ । श्री एयरलाईन्सको जहाज पार्किङ गर्ने बेलामा यति एयरलाईन्सको जहाजको पुच्छरको भागमा ठोक्किएको हो । श्री एयरलाईन्सको सीआरजे७०० जहाजको पखेटाले यति एयरलाईन्सको एटीआर ७२ को पुच्छर भागमा ठक्कर दिएको हो ।

पार्किङ गरिराखेको यति एयरलाईन्सको जहाजको पुच्छरको भागमा श्री एयरलाईन्स पाकिङ गर्ने क्रममा ठोक्किएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए । जहाज ठोक्किदा भने सामान्य क्षति मात्रै भएको उनको भनाई छ ।

The post श्री एयरलाईन्सको जहाज यति एयरलाईन्सको जहाजमा ठोक्कियो, सामान्य क्षति appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *