background img
Sep 21, 2019
8 Views
0 0

संविधान जलाएको आरोपमा तीनजना पक्राउ

Written by


बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *