background img
Nov 9, 2019
9 Views
0 0

सचिवालयका सल्लाहकार र सहयोगीलाई राजीनामा दिन प्रम ओलीको निर्देशन, को आउला नयाँ ?

Written by

काठमाडौं । आफ्ना सचिवालयका सल्लाहकार तथा सहयोगीहरुलाई राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्देशन दिएका छन ।

उनले शुक्रबार सचिवालयमा कार्यरत सम्पूर्ण सल्लाहकार तथा सहयोगीहरुलाई बोलाई राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार राजेश बज्रचार्य बाहेक अन्य सबैलाई राजीनामा दिन प्रम ओलीले निर्देशन दिएका हुन । सचिवालयका अनुसार बज्रचार्य अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने भएका हुन ।

तर प्रधानमन्त्रीको उक्त कार्यप्रति नेकपा भित्रैका नेता तथा कार्यकर्ताले भने चर्को आलोचना गरिरहेको सचिवालय श्रोतले जनाएको छ ।

The post सचिवालयका सल्लाहकार र सहयोगीलाई राजीनामा दिन प्रम ओलीको निर्देशन, को आउला नयाँ ? appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *