background img
Sep 28, 2019
62 Views

सनराइज क्यापिटलका लगानीकर्तालाई २० प्रतिशत लाभांश, साधारणसभाले गर्यो पारित

Written by

काठमाडौं । सनराइज क्यापिटलले आफ्ना सेयरधनीलाई ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न क्यापिटलको ९ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पास गरेको हो ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक बर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत (४ करोड) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आव २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परीक्षकको नियुक्ती लगायतका निर्णय पारित गरेको कम्पनीले जानकारी दिएको छ ।

The post सनराइज क्यापिटलका लगानीकर्तालाई २० प्रतिशत लाभांश, साधारणसभाले गर्यो पारित appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *