background img
Sep 4, 2019
24 Views
0 0

सुखीपुरमा छात्राहरुलाई साइकल वितरण

Written by

विन्दे यादव

सुखीपुर / प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत आज सुखीपुरमा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।

 

मुख्यमन्त्री राउतले सुखीपुर नगरपालिका २ स्थित  श्री राम जानकी माध्यमिक  (प्राबिधिक ) विद्यालय छजनाकाे कक्षा ८ मा अध्ययनरत ५७ जना छात्राहरुलाई साइकल प्रदान गर्नु भएको छ ।

 

उहाले विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा साइकल वितरण छात्राहरुलाई पठन पाठन प्रति आकर्षित गर्नका लागि तथा छात्रालाई विद्यालय टिकाई राख्नका लागि साईकल वितरण गरिएको र यस नियमित  विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो  ।  

 

मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई नै अग्रपक्तिमा राख्ने शोच सहित काकमाज गर्न थालेको बताउनुभयो ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *