background img
Mar 27, 2020
8 Views
0 0

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

Written by

रोयाण्टर मण्डल
लहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन नगरमा रहेका प्रत्येक नगरबासीलाई साबुन वितरण गरिएको हो ।

विश्वमै महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने सन्देश प्रवाह गर्न नगरमा साबुन वितरण गरिएको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताउनुभयो ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ र नेपालमा पनि तीन जनामा कोरोना पुष्टि भैसकेको छ’ उहाँले भने ‘खुल्ला सिमानाका भएकाले भारतमा रहेका सम्पुर्ण नगरबासी नगर फर्किरहेका छन ।

नगरमा करिब २० हजार साबुन वितरण गरिने बताउदै नगर प्रमुख यादवले आगामी दिनहरुमा पनि आवश्यक परे वितरण गरिने । यस्तो अवस्थामा अनावश्यक रुपमा बाहिर ननिस्की सबैले घरमै बसेर सहयोग गरिदिन वहाँले सबै नगरबासीलाई अनुरोध गर्नुभयो ।

कर्मचारी तथा जनप्रतिनिधीहरुले प्रत्येकका घरघरमा गई डाटा संकलन गर्नुका साथै साबुन वितरण गरिरहेको छ ।

‘कोरोनाको कहरलाई लक्षित गर्दै नगरले राम्रो काम गरेको भनि नगरवासीहरु खुशी भएका छन् । विश्वभर भयावह रुपमा देखिएको कोरोना रोकथामका लागी नगरपालिकाको अग्रसर कार्य रहेकोले स्थानीयवासीहरुले बताउनुभयो ।

 

सुखीपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले पनि कोरोना रोकथामका लागी नगर भरमा २० हजार वितरण गरिने बताए ।
त्यसैगरी, सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस्थापन गरिएको छ ।
सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुरमा श्री जनता माध्यमिक विद्यालय सुखीपुरको नवनिर्मित भवनमा सुखीपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको हो ।

विशेषगरी भारतबाट नगरमा आउने नगरवासी र सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताए ।
क्वारेन्टाइनमा भारतबाट आएका ७ जनालाई क्वारेन्टाइन स्थलमा राखिएको सुखीपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए ।
उहाँले बताउनुभयो – भारत दिल्लीबाट नेपाल आइपुगेका सुखीपुर नगरपालिकाका १ का मोहनपुर कमलपुरको रन्जित कुमार साह सुखीपुर नगरपालिकाका ९ बैशखाका साधु साफी, भरातको पुणाबाट सुखीपुर नगरपालिका वडा नम्बर ९ कै अशोक कुमार मण्डल, नरेश कुमार मण्ढल, अजय कुमार मण्डल, पैदिप कुमार मण्डल र कतारबाट सुखीपुर नगरपालिका वडा नम्बर ३ का राम नारायण साफी क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
त्यसैगरी बरियारपट्टी गाउँ पालिकाले पनि श्री जनता माध्यमिक विद्यालय बरियारपट्टीको भवनमा, लक्ष्मीपुर पतारी गाउँ पालिका. नबराजपुर गाउँ पालिका र विष्णुपुर गाउँ पालिकाले कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको जानकारीमा आएको छ ।

sukhipur-quarentine2


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *