background img
Mar 26, 2020
8 Views
0 0

सुखीपुर नगरपालिकामा विद्यालयको भवन बन्यो ‘क्वारेन्टाइन’

Written by

लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस्थापन गरिएको छ ।

सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुरमा श्री जनता माध्यमिक विद्यालय सुखीपुरको नवनिर्मित भवनमा सुखीपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको हो ।

विशेषगरी भारतबाट नगरमा आउने नगरवासी र सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताए ।

क्वारेन्टाइन स्थापना गरिएको पहिलो दिन नै भारतबाट आएका २ जनालाई क्वारेन्टाइन स्थलमा राखिएको सुखीपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए ।

भारत दिल्लीबाट नेपाल आइपुगेका सुखीपुर नगरपालिकाका १ का मोहनपुर कमलपुरको रन्जित कुमार साह सुखीपुर नगरपालिकाका ९ बैशखाका साधु साफी क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

sukhipur-quarentine

त्यसैगरी बरियारपट्टी गाउँ पालिकाले पनि श्री जनता माध्यमिक विद्यालय बरियारपट्टीको भवनमा, लक्ष्मीपुर पतारी गाउँ पालिका. नबराजपुर गाउँ पालिका र विष्णुपुर गाउँ पालिकाले कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको जानकारीमा आएको छ ।

sukhipur-quarentine3


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *