background img
Oct 18, 2019
9 Views
0 0

सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने : सरोकारबला

Written by

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / सिरहा जिल्लाकै सबभन्दा पुरानो बजार सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने सरोकारबलाहरु मांग रहेको छ ।
सुखीपुर बजारको नाम नेपाल मात्रै होइन् । भारतको विहारको सिमरियाघाट र बंगालको केही क्षेत्रका मान्छेहरु यस बजारमा आउने गर्थे ।

यहाँको बजार गुद्री बजार भन्दा बैल हाट (गोरु बजार) ले हाम्रो शाख राखेको थियो । तर समय परिवर्तन र आधुनिकरणका कारण बैल हाटमा कमी आएको छ । यता बजारमा पनि पहिलेको भन्दा कम उपभोक्ताहरु किनमेल गर्न आउने गरेकोले लगानी अनुसारको ब्यपारमा कमी आएको ब्यपारीहरुले दुखेसोे पोख्छन् ।  सुखीपुर नाम मात्र भन्दा टाढा टाढाको बुढापाकाहरु सुखीपुर बैल हाट भनेर सम्बोधन गर्छन् तर अहिले बजारको नाम मात्रको शाख रहेकोले पहिले जस्तो शाख फर्काउनका लागि सरोकारबलाहरुको चुनौतीको विषय बनेको छ ।

 

सुखीपुर बजारमा शाख जोगाउन तीन विचार

सुखीपुरको विगत हेर्दा सुखीपुरमा सानो सानो पसल थियो । सबै भन्दा पुरानो बजार थियो । सुखीपुरको बैल (पशु) हाट नेपालको पूर्वाअंचल, मध्यमाअंचल , भारतको विहार राज्यको सिमराघाट र उतर प्रदेशका उपभोक्ताहरु यस बजार बैल किन्न र हेर्न आउने गरेको सुखीपुर नगरपालिका वडा नम्बर ८ का ६५ वर्षिय पत्रकार हरिपति लाल कर्णले बताउनुभयो ।

Bpbhuwan Yadav's Profile Photo, Image may contain: 1 personसुखीपुर बजार गुद्र बजार र पशु बजारको नामले प्रचलित थियो । सो बेला यस क्षेत्रको वरिपरी कुनै बजार थिएन् । यसको आफनै महत्व थियो तर अहिले पसलहरुको संख्या वृद्धि भएता पनि यस क्षेत्रको वरिपरी सानो गुद्री बजारहरु लागन थालेपछि महत्व कमिको महशुस हुन थालेको छ ।
यति मात्रै होईन छिमेकी देश भारतको बजारहरु नजिक भएको कारणले पनि यहाँको ब्यपारमा कमी देखिन्छ । त्यसै कारण ब्यापारलाई विकास गर्न यहाँको ब्यापारी , वृद्धिजिवी र सरोकारबलाहरु बिच आपसी सम्बन्ध और ब्यपार अगाडि बाउनुको बिकल्प रहेको छनैन् ।
अर्को तर्फ खास गरेर सुखीपुर जो बैल हाट प्रचलित थियो । अहिलेको आधुनिकरण युग आएपछि कृर्षिको आधुनिकरणका कारण बैल हाटलाई परिमार्जन गरेर आधुनिकीकरण कृषि औजारको ब्यापार लगाउनु पर्ने नगर सुधार समिति न.पा सुखीपुरका संयोजक विपि भुवन यादवले भन्नुभयो ।

Om Prakash Guptaसुखीपुरमा दैनिक तरकारी बजारको आवश्यकता रहेको छ । दैनिक रुपमा मछा र मासु पाईने राम्रो बधशाला सहितको पसल हुनुपर्छ । सुखीपुरमा जोडिएको सडकहरुमा पुल । त्यसमा पनि तत्कालै गागैन खोलामा पुल बनेपछि ग्राहकको आउने संख्यामा वृद्धि हुन्छ ।  सुखीपुरको ब्यपारीहरुको मासिक बैठक बस्नु पर्ने आवश्यकता रहेको ओम पुस्तक एण्ड जनरल पसलका संचालतका राजापा वडा समितिका सचिब ओम प्रकाश गुप्ताले भन्नुभयो ।

 

नोट :– मधेश स्पेशल साप्ताहिक पत्रिकाद्वारा संचालित मधेश स्पेशल डटकममा प्रकाशित कुनै पनि सामाग्री मधेश स्पेशल साप्ताहिक पत्रिकाको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ । यस किसिमका कार्य गर्ने उपर मधेश स्पेशल साप्ताहिक पत्रिका नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ ।

 


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *