All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / डा.सीके राउतको पासपोर्ट र बैंक खाता रोक्का

डा.सीके राउतको पासपोर्ट र बैंक खाता रोक्का

 काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको पासपोर्ट (राहदानी) र बैंक खाताहरु रोक्का गरिएको छ । डा.राउतको पासपोर्ट रोक्का गर्न नेपाल प्रहरीले चैत्र १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखिसकेको छ भने बैंक खाताहरु रोक्का चैत्र १६ गते बैंकहरुलाई पत्र पठाइएको छ र सोही मितिमा अदालतले पनि स्वीकृति दिएको छ ।

डा.राउत राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय लहान, सिरहाले राहदानी विभागलाई पासपोर्ट रोक्का गर्न र नयाँ पासपोर्ट जारी नगर्न भनेको छ ।

यसैगरी सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुव प्रसाद सापकोटाले डा.राउतको नाममा कुमारी बैंक पुतली सडक काठमाडौंमा रहेको बैंक खाता र सनराईज बैंक लिमिटेड राजविराज सप्तरीमा रहेको खाता रोक्का गर्न आदेश दिएको छ । डा.राउतले छोराछोरीको अध्ययनको खर्च तथा जनकपुरधाममा बस्दै आएको डेराको भाडा सोही बैंक खातामा रहेको रकमबाट तिर्दै आएको परिवारजनले हुलाकी न्यूजलाई बताएका छन् ।

बैंक खाता रोक्का भएपछि गर्भवती रहेकी डा.राउतकी श्रीमतिले उपचार खर्चसमेत जुटाउन समस्या

बैंक खाता रोक्का भएपछि गर्भवती रहेकी डा.राउतकी श्रीमतिले उपचार खर्चसमेत जुटाउन समस्या हुने परिवारजनले जनाएको छ ।

त्यस्तै नेपाल प्रहरीले डा.राउतको वेवसाइट, फेसबुक पेज, फेसबुक अकाउण्ट, ट्वीटर अकाण्ट लगायतका सम्पूर्ण माध्यमहरु बन्द गर्न लागेको छ । प्रहरीले माघ २५ गते नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइसकेको छ ।

नेपाल सरकारले डा.राउतको पासपोर्ट र बैंक खाताहरु रोक्का गरेर आधारभुत अधिकारहरुबाट बञ्चित गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले नेपाल सरकारको आलोचना गरेको छ ।

डा.राउतलाई सोशल मिडिया प्रयोग गर्नबाट रोक लगाउनु अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको एशियन ह्युमन राइट कमिसनले ठहर गरेको छ ।

एक वक्तव्य जारी गर्दै एशियन ह्युमन राइटले डा.राउतलाई मावन अधिकारबाट बञ्चित गरिएको भन्दै अन्तर्राष्ट्रिय संघसंस्थाहरुको समेत ध्यानाकर्षण गराएको छ ।

About Newsjanakpur

Check Also

जलविद्युतमा उछाल आउँदा कारोबार रकम कति ?

काठमाडौं, वैशाख २५ । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से १३ दशमलव ५१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *