All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा

मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा

 काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबार तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान संशोधन गरी मागहरु सम्बोधन नभएसम्म आन्दोलन निरन्तर जारी नै रहने निर्णय गरेको छ ।

आन्दोलन जारी रहेको अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गरेको छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले सीमांकन लगायत मूलभूत मुद्दाहरु सम्बोधन नहुने निष्कर्ष निकाल्दै उक्त संशोधन विधेयकलाई मोर्चाले अस्वीकार गरेको छ ।

चैत ३१ गते बिहीबा मधेशका सबै जिल्लाहरुको सदरमुकाममा जुलुस प्रदर्शन गर्ने, बैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालयहरु घेराउ गर्ने र बाँकी आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

मोर्चा/संघीय गठबन्धनले उठाएका मुद्दाहरुलाई सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने निर्णय गर्दै आन्दोलनका थप कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ ।

 

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *