All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / संघीय गठबन्धनद्वारा पनि संशोधन विधेयक अस्वीकार

संघीय गठबन्धनद्वारा पनि संशोधन विधेयक अस्वीकार

 काठमाडौं । मधेशी मोर्चासहितको संघीय गठबन्धनले पनि सरकारले मंगलबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन नयाँ विधेयक अस्वीकार गरेको छ ।

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवद्वारा बुधबार हस्ताक्षरित एक प्रेस विज्ञप्तिमार्फत् सो विधेयक अस्वीकार गरेको जनाइएको छ ।
‘नेपाल सरकारद्घारा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयक मधेशी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी (दलित), अल्पसंख्यक तथा सीमान्तकृत लगायतका समुदायहरुले उठाएका मागहरु र विगतमा भएका समझदारी, सहमति र सम्झौताहरुको प्रतिकूल हुनुका साथै संघीय गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको २६ बुँदे मागलाई समेत बेवास्ता गरी ल्याएको’ ठहर गरेको छ ।

सो विधेयकले आफूहरुको मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा गठबन्धन उक्त विधेयकलाई अस्वीकार गर्दै मुद्दाहरुलाई सम्बोधन गराउन निरन्तर संघर्ष जारी राख्ने निर्णय गरेको छ ।
संविधान संशोधन गरी मुद्दाहरुलाई सम्बोधन नगरुञ्जेल स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको छ ।

 

About Newsjanakpur

Check Also

नेपाल सद्भावना पार्टीको महासमिति बैठक काठमाडौंमा सुरु

 काठमाडौं । नेपाल सद्भावना पार्टीको महासमिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । पार्टीको २८ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *