All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / डा.राउतमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप, ८ जना पक्राउ

डा.राउतमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप, ८ जना पक्राउ

 भैरहवा । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई राज्य विरुद्धको संगठित अपराधमा जिल्ला अदालत रुपन्देहीले ६ दिनको म्याथ थप गरेको छ । चैत्र ३१ गतेबाट लागु हुने गरी आइतबार साँझ अदालतले म्याथ थप गरेको हो । आइतबार नै गठबन्धनका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउसमेत गरेको छ ।

आइतबार साँझ ६ बजे अदालतमा ल्याइका डा.राउतलाई मावन अधिकारकर्मी तथा सञ्चारकर्मीहरुसँग समेत भेटघाटन गर्न दिइएको थिइएन । पक्राउ परेको २४ घण्टा भित्र अदालतमा पेस गर्ने भनिए पनि प्रहरीले आइतबार साँझ मात्र अदालत समक्ष ल्याएको थियो ।

यसअघि फागुन सात र आठ गते पक्राउ परेका सात जना गठबन्धनका कार्यकर्तालाई पनि डा.राउतसँगै म्याद थप गरिएको छ । हिरासतमा रहेकाहरुलाई आफन्तजनसँग पनि भेट्न नदिएको मानव अधिकारर्कीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

यता अदालत समक्ष पेस गरिए पछि डा.राउतले आफुलाई सुद्ध खाना खान नदिइएको गुनासो गरेका छन् । उनले आफुलाई विरामी पार्ने नियतका साथ असुद्ध खाना खान दिइएको भन्दै न्यायाधीश समक्ष गुनासो गरेका छन् । न्यायाधीशले डा.राउतसहित हिरासतमा रहेकाहरुलाई सुद्ध खाना खान दिन निर्देशन दिएको छ भने आफ्न्त जनलाई भेटन दिनसमेत भनेको छ ।

प्रहरी श्रोतका अनुसार फागुन सात गतेको कार्यक्रमबाट पक्राउ परेका सात जना र आइतबार पक्राउ परेका आठ जना गरी १५ जनालाई एउटौ कोठामा राखिएको छ ।

 

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *