All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / नेपाल सद्भावना पार्टीको महासमिति बैठक काठमाडौंमा सुरु

नेपाल सद्भावना पार्टीको महासमिति बैठक काठमाडौंमा सुरु

 काठमाडौं । नेपाल सद्भावना पार्टीको महासमिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । पार्टीको २८ औ स्थापना दिवस र संस्थापक नेता स्व.गजेन्द्रनारायण सिंहको जयन्तीको अवसर पारेर आयोजना गरिएको महासमिति बैठक तीन दिनसम्म चल्नेछ ।

महासमिति बैठकमा मधेशका विभिन्न जिल्लाहरुबाट करिब एक हजारको संख्यामा प्रतिनिधिहरु सहभागी रहेका छन् ।
आइतबार भएको उद्घाटन सत्रमा मधेशी मोर्चाका अधिकांश नेताहरु सहभागी थिए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी पार्टीहरुलाई राज्यले बारम्बार धाका दिदै आएको आरोप लगाउँदै आन्दोलनको विकल्प नरहेको बताएका थिए ।

सोही मञ्चबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सद्भावना पार्टीबाट टुक्रिएका सम्पूर्ण पार्टीहरु एकीकृत हुनु पर्ने बताउँदै सदभावना परिवार मिल्नुको विकल्प नरहेको बताए । उनले सम्पूर्ण मधेशवादी दललाई एकीकरणमा आउन आग्रह गरे ।

राष्ट्रिय सभागृहमा भएको उद्घाटनमा नेपालका विभिन्न नेताहरुसहित भारतको काँग्रेस (आइ)का प्रवक्ता रसिद अल्बी, राष्ट्रवादी काँग्रेसका नेता तारिख अनवर, आरजेडीका नेता आरके सिंह, बाँगलादेशका एमपी महोम्मद हसनलगायतका नेताहरु सहभागी थिए ।

त्यस्तै, दुबईका उद्योगपति नविन श्रीराम, कतारका व्यवसायीहरु सुधीर सीएम र नौसल एनएमसहितका व्यापारीहरु सहभागी भएका थिए ।

राष्ट्रिय सभागृहमा उद्घाटन भएको महासमिति बैठकको बाँकी कार्यक्रमहरु पशुपति विकास क्षेत्रको हलमा हुने पार्टीका महासचिव राजिव झाले बताए । उनले मधेशका सम्पूर्ण जिल्लाहरुबाट प्रतिनिधिहरु सहभागी भएको जानकारीसमेत गराए । उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो ।

 

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *