All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / राजनीतिक चेपुवामा शेयर बजार, करिब ४० अंकले झर्यो परिसुचक

राजनीतिक चेपुवामा शेयर बजार, करिब ४० अंकले झर्यो परिसुचक




काठमाडौं, वैशाख ५ । नयाँ वर्षको शुरु देखिनै ओरालो लागेको बजार मंगलबार पनि भारी अंकले अंकले घटेको छ । वर्षको पहिलो कारोबार वैशाख ३ गते आइतबार ४५ अंकले घटेको कारोबार दोश्रो कारोबार मंगलबार ३९ दशमलव ५७ अंकले घटेको छ ।

यसअघि वैशाखदेखि सकारात्मक बाटो समात्दै आएको बजारले यसपाली निरन्तर दोश्रो दिनपनि घटेपछि साना लगानीकर्ता आत्तिएका छन् । वैशाख ३१ मा स्थानीय निकायको चुनाव हुने माहोल बन्दै गएको बेला पछिल्लो राजनीतिक घटनाक्रमले त्यसको विश्वासिलो वातावरण नहुँदा लगानीकर्तामा अन्योलता देखिएको शेयर किनबेचमा प्रत्यक्ष संलग्न ब्रोकर कम्पनी सञ्चालकको भनाई छ ।

त्यस्तै यसअघि निक्षेपको ब्याज बढाएर पूँजी संकलन गरेका बैंकहरुले अहिले बचतको ब्याजमा नै उल्लेख्य वृद्धि गरेसँगै लगानीकर्ता शेयर पैसा बैंकमा राख्न थालेका छन् । बैंकहरुले ८ प्रतिशतसम्म बचतमा नै ब्याज दर भुक्तानी गर्ने स्किम ल्याएपछि कम जोखिम चहाने लगानीकर्ता यता मोडिएका छन् ।

यसरी हेर्दा लगानीकर्तामा एकातिर लगानीको विश्वासिलो आधार नबन्नु साथै जोखिम बिना नै पैसा बैंकमा थन्काएर ब्याज खान पाइने हुनाले लगानीकर्ता शेयरमा लगानी गर्न डराएको देखिन्छ ।



About Newsjanakpur

Check Also

मधेशको ११ जिल्ला विवाद बारे सर्वोच्चले दुबै पक्षलाई बोलाए

हुलाकी न्यूज, काठमाडौं । मधेशका ११ जिल्लामा स्थानीय निकायको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *