All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / अबको बजार कता जाला प्रविधिक विश्लेषण

अबको बजार कता जाला प्रविधिक विश्लेषण




काठमाडौं, वैशाख २६ । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर १ हजार ६ सय ५० बिन्दुमा कारोबार बन्द भएको छ । लगातार रुपमा घटेको बजारमा दुई दिन नेप्से बढेको हो । पछिलो समय बजार देखीएको सिमेट्रिकल त्रिभुज आकृति अझ पनि भ्यालिड नै देखिन्छ किनकी आजको १३ अंकको वृद्धिले तल पट्टिको ट्रेन्डलाई ब्रेक गर्न सकेको देखिन्छ । शेयर कारोबार भोलुम तथा कारोबार रकममा केहि वृद्धि देखिएकोले केहि लगानीकर्ताको बजार प्रति आकर्षण बढेको देखिन्छ ।

मैनबत्ति आकृति
नेप्सेले १३ अंकको वृद्धि लिएपछि मंगलबार सानो बुलिश मरुबोजो आकृति बनेर कारोबार बन्द भएको छ । यस्तो खालको मैनबत्ति आकृतिमा स्याडो रहेको हुदैन । यसको खालको मैनबत्ती आकृतिले बिक्रिचाप भन्दा पनि खरिदकर्ता बढी आकर्षित भएको जनाउछ  । आज दिन भरिको बजारको उतारचढावलाई विश्लेषण गर्दा पहिलो १ घण्टा र अन्तिम १ घण्टामा बजार बढेको  देखिन्छ । समग्रमा मैनबत्ति आकृतिले बजार केहि बढ्ने संकेत देखिएको छ । मैनबत्ति आकृति विश्लेषणले बजारमा रहेको खरिदकर्ता तथा बिक्रीकर्ताहरु कुन समूह हावी भयो  र भोलि बजारले कुन दिशा लिन सक्छ भने पूर्ण अनुमान लगान सकिने औजारको रुपमा लिईन्छ ।
अबको-बजार-कता-जाला-प्रविधिक विश्लेषण

१४ दिने आरएसआई (रिलेटिभ स्ट्रेन्थ इन्डेक्स)
१४ दिने आरएसआई ५३ दशमलव ३३ को स्केलबाट ५६ दशमलव २७  स्केल अंकमा आईपुगेको छ । आजको सानो वृद्धिसंगै बजार न्युट्रल क्षेत्रबाट ओभरबट तिर गएको देखिन्छ । समग्रमा निश्कर्ष निकाल्नु पर्दा लगानीकर्तामा रहेको केहि अन्यलता हटेको तथा खरिदको लागि उत्साहित भएको देखाउंछ । यसो त अझ पनि स्पस्ट रुपमा कारोबार रकम तथा शेयर कारोबार संख्या वृद्धि नदेखिएकोले बजार बढ्छ भन्नेमा ढुक्क हुने अवस्था रहेको देखिदैन । निश्चित समय अवधिको आधार अर्थात् १४ दिनको डीफल्ट समय अवधि लिएकोले १४ दिनको मात्र एभरेज लिने भएकोले पूर्ण निश्कर्षको लागि अन्य औजार पनि हेर्नु पर्ने हुन्छ । बजार परिवर्तनको पूर्व संकेत दिने  औजार मानिने १४ दिने आरएसआई करोवारको लागि ऋणात्मक तथा धनात्मक डाईर्भार्जेंस आदिको प्रयोग हुने भएकोले कुनै पनि बजारको ठुलो परिवर्तनको पूर्ण संकेत अर्थात् रणनीति परवर्तनको लागि प्रयोग हुने औजार मानिन्छ ।

अवरोध, टेवा तथा कारोबार भोलुम
आज नेप्से परिसूचक १ हजार ६ सय ५० को बिन्दुमा कारोबार बन्द भएको छ । नेप्से परिसूचक गत वर्षको जुलाई देखि अहिले सम्मको अवधि विश्लेषण गर्दा १ हजार ६ सय ५० को बिन्दुलाई बलियो टेवाको रुपमा रहेको थियो । सिमेट्रिकल त्रिभुज आकृतिको मुनि ट्रेन्ड लाईन तथा पुरानो मानो वौज्ञानिक टेवाको तहमा रहेकोले छ । त्यसैले पनि बजार निकै समबेदनशिल बिन्दु रहेको देखिन्छ । नेप्से परिसूचकले यस तहलाई ब्रेक गर्छ कि गर्दै भन्ने कुरा महत्वपूर्ण रहेको छ।यदपि नेप्सेले  नेप्से परिसूचकले १६१० र १७५० लाई ब्रेक नगरेसम्म बजारले ठुलो परवर्तनको आशा अझ पनि गर्न सकिन ।



About Newsjanakpur

Check Also

मधेशको ११ जिल्ला विवाद बारे सर्वोच्चले दुबै पक्षलाई बोलाए

हुलाकी न्यूज, काठमाडौं । मधेशका ११ जिल्लामा स्थानीय निकायको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *