All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / उपेन्द्र यादव संघीय गठबन्धनबाट निष्कासित, ठाकुरलाई जिम्मेबारी

उपेन्द्र यादव संघीय गठबन्धनबाट निष्कासित, ठाकुरलाई जिम्मेबारी

हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरिएको छ ।

गठबन्धनको निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्दै करिब २९ दल सम्मिलित गठबन्धनको संयोजकबाट यादवलाई हटाइएको हो । यसअघि मधेशी मोर्चाबाट पनि उपेन्द्र यादवलाई निकालिएको दाबी मोर्चाका नेताहरुले गर्दै आएका छन् ।

राष्ट्रिय जनता पार्टी, नेपालको विजुलीबजारस्थित पार्टी कार्यालयमा बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही जनाएको छ । बैठकमा गठबन्धनमा आवद्ध अधिकांश दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकले नै नयाँ संयोजकमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ ।

संयोजक ठाकुरद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संघीय गठबन्धनको निर्णय, मूल्य मान्यता, सिद्धान्त विपरीत संघीय गठबन्धनका तत्कालिन संयोजक उपेन्द्र यादवज्यूले मधेशी–थारु, आदिवासी जनजाति, शिल्पी (दलित), मुस्लिम, उत्पीडित लगायतका समूदायको मुद्धाहरु बिसर्जन गर्दै आत्म समर्पणको कित्तामा गई, संविधान संशोधन बिना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा भएको हुँदा संघीय गठबन्धनबाट संयोजक समेतको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ ।

गठबन्धनले संविधान संशोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

About Newsjanakpur

Check Also

जलविद्युतमा उछाल आउँदा कारोबार रकम कति ?

काठमाडौं, वैशाख २५ । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से १३ दशमलव ५१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *