All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / कुलमानको सार्वजनिक चुनौती – अनियमितता भेटे फाँसी दिए हुन्छ

कुलमानको सार्वजनिक चुनौती – अनियमितता भेटे फाँसी दिए हुन्छ

“एलइडी बल्ब खरिद प्रकृयामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रुपमा लगाइएको हो। यो झुठो आरोपको खन्डन गर्न चाहन्छौ।” नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आफ्नो फेसबुक वालमा लेखेका छन्, “यदि भष्ट्राचार गर्ने नियत हुने नै हो भने २-३ घण्टा लोडसेडिङ गरेरै करोडौ कमाउन सकिन्थ्यो।”

 

एलइडी बल्ब खरिद प्रकृयामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रुपमा लगाइएको हो।यो झुठो आरोपको खन्डन गर्न चाहन्छौ।यदि भष्…

Nai-post ni Kulman Ghising noong Martes, Mayo 9, 2017

 

उनले थप स्पष्ट पार्न अगाडी लेखेका छन्, “बल्ब खरिद सम्झौताको बिल समेत हामी सग सुरक्षित छ। यदि कुनै त्यस्तो नराम्रो गरेको भेटेमा सार्बजनिक ठाँउमै फासी दिए पनि हुन्छ। नत्र भने गलत प्रचार गरेर काम गर्ने वातावरण नखलबल्याउनुहुन अनुरोध गर्दछौ।”

उनले गुणस्तरीय एलइडी बल्ब १५० रुपैयाँमा ल्याउन व्यापारीलाई चुनौती दिएका छन् । यो चुनौती पत्रकार सम्मेलन मार्फत कुलमानले विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग किन्न लागेको बल्बबारे प्रश्न उठेपछि दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफूले चिलिमेदेखि नै इमान्दारितापूर्वक काम गरेको तर, अहिले चरित्र हत्या गर्ने प्रयास भएको भन्दै गहभरी आँसु पारेका थिए ।

त्यसोत पत्रकार कै सामुन्ने पनि उनले आफूहरुले ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई दिन लागेको र यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला भन्दै आग्रह गरेका थिए ।

टेन्डर नगरिएको कारणबारे उनको स्पष्टीकरण थियो, “टेण्डर आहृवान गरेर फिलिप्स र ओसन ब्राण्ड लिन सकिँदैनथ्यो ।” पत्रकार सम्मेलनमा घिसिङले भारतीय सरकारी कम्पनि र नेपाल सरकारबीच भएको सम्झौता पत्र तथा एलइडी बल्बलाई पर्ने मूल्य अंकित बिलसमेत सार्बजनिक गरेका थिए ।

About Newsjanakpur

Check Also

मधेशको ११ जिल्ला विवाद बारे सर्वोच्चले दुबै पक्षलाई बोलाए

हुलाकी न्यूज, काठमाडौं । मधेशका ११ जिल्लामा स्थानीय निकायको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *