All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / चितवन र सल्यानमा उमेद्वारको मृत्यु

चितवन र सल्यानमा उमेद्वारको मृत्यु




काठमाडौं, वैशाख २६ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उमेद्वार रहेका थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कुमाखमालिका गाउँपालिका वडा नम्बर १ मा खुलातर्फ कांग्रेसबाट सदस्यको उम्मेदवार बनेका दलबहादुर राना र चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ११ का माओवादी केन्द्रका उम्मेदवार  सिफल प्रजा रहेका छन् ।

सल्यानमा चुनावी प्रचारको क्रममा राति अवेरसम्म सक्रिय रहेका राना छिमेकीको घरबाट खसेर भैंसी बाँध्ने किलोमा परेका थिए । माखमालिका गाउँपालिका वडा नम्बर १ मा खुलातर्फ कांग्रेसबाट सदस्यको उम्मेदवार बनेका उनको उपचारको क्रममा भारतको लखनउमा सोमबार मृत्यु भएको हो ।

त्यस्तै, कालिका नगरपालिका वडा नं. ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर मृत्यु भएको छ । खोलागाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर  घाइते प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको हो ।

यसअघि नै धादिङको धुनिबेसी नगरपालिकामा एमालेबाट दलित महिला कोटामा उमेद्वारी दिएकी बिना मिजारको शव झुन्डिएको अवस्थामा फेलापरेको थियो ।

 

 



About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *