All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / जलविद्युतमा उछाल आउँदा कारोबार रकम कति ?

जलविद्युतमा उछाल आउँदा कारोबार रकम कति ?

काठमाडौं, वैशाख २५ । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से १३ दशमलव ५१ अंकले बढेर १६ सय ५० दशमलव ८१ को बिन्दुमा पुगेको छ ।

मंगलबारको कारोबार जलविद्युत् समूहमा उछालनै आएको छ । यो समूह सबैभन्दा बढी ५ दशलवम ८८ प्रतिशत अर्थात १ सय १५ दशमलव ९६ अंकले बढेको छ । आज सर्वाधिक कमाउनेमा यहि समूह अन्र्तगतका कम्पनीहरु पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् । क्रमशः अपि पावर कम्पनी वुटवल पावर कम्पनी र सानिमा माई हइड्रो पावरले यी स्थान ओगट्न सफल भएका छन् । तीन ओटै कम्पनीहरुको शेयरमूल्य करिव ९ प्रतिशतले बढेका छन् । भने कमाईको आधारमा दोस्रो बनेको सानिमा माई हइड्रो पावर यता कारोबारमा भने पहिलो हुन सफल भएको छ । यस कम्पनीको आज ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै बीमा समूह ६६ दशमलव ०१ अंक, विकास बैंक समूह २५ दशमलव ०६ अंक, होटल समूह २२ दशमलव ३६, बैंकिङ समूह ७ दशमलव ०२ अंक, फाइनान्स समूह ४ दशमलव ४४ अंक र अन्य समूह १ दशमलव ४५ अंकले बढेका छन् । फाइनान्स समूहअन्र्तगत पर्ने सिनर्जि फाइनान्सका लगानीकर्ताहरुले सवैभन्दा धेरै ३ दशालव ६३ अंकको घाटा व्यहोर्न परेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७८ अंकले बढेर ३५२ दशमलव ५४ को बिन्दुमा पुगेको छ । मंगलबार १४२ कम्पनीको ६१ करोड २० लाख १८ हजार ४९७ रुपैयाँको १० लाख ७१३ कित्ता शेयर किनबेच भएका छन् ।

पछिल्ला केही दिनयता लगानीकर्ता शेयर बजार भन्दा पनि राजनीतिक घटनाक्रम केन्द्रित हुँदा बजारले गति लिन सकेको थिए । चुनाव आउन ५ दिनमात्रै बाँकी रहँदा मंगलबार बजार दोहोरो अंकले उकालो लागेको छ । यद्यपी कारोबार रकम भने परिसूचक वृद्धिअनुसार बढ्न सकेको छैन ।

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *