All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने

मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने




काठमाडौं, वैशाख २६ । स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिने भएको छ ।

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई मंगलबार आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने तरिका सिकाउने छन् । रासस



About Newsjanakpur

Check Also

मधेशको ११ जिल्ला विवाद बारे सर्वोच्चले दुबै पक्षलाई बोलाए

हुलाकी न्यूज, काठमाडौं । मधेशका ११ जिल्लामा स्थानीय निकायको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *