All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / मिसन डेभलपमेण्ट बैंकको नाफामा ७५ प्रतिशतले वृद्धि

मिसन डेभलपमेण्ट बैंकको नाफामा ७५ प्रतिशतले वृद्धि




काठमाडौं, वैशाख २६ । मिसन डेभलपमेण्ट बैंक लिमिटेड (Mission Development Bank Ltd.) ले चालु आर्थिक वर्ष २०७३र७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ६० लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७५ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड २२ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेप ४८ दशमलव ७८ प्रतिशतले वृद्धि गरी २ अर्ब ६३ करोड संकलन गरी कर्जामा २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५३ दशमलव ९४ प्रतिशतले बढेर ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ७६ प्रतिशतले वृद्धि गरी ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पुँजीकोषको अनुपात १२ दशमलव ९८ प्रतिशत, निष्क्रिय कर्जा शून्य दशमलव ४५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३८ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात १९ दशमल ३३ प्रतिशत रहेको छ ।



About Newsjanakpur

Check Also

स्वावलम्बन लघुवित्तको मुनाफामा सामान्य वृद्धि

काठमाडौं, वैशाख २६ । स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेड (Swabalamban Laghubitta …

Leave a Reply

Your email address will not be published. Required fields are marked *