All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / राजपालाई राष्ट्रपतिको आश्वासन : संविधान संशोधनमा पहल गर्छु

राजपालाई राष्ट्रपतिको आश्वासन : संविधान संशोधनमा पहल गर्छु




हुलाकी न्यूज, काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संविधान संशोधनका लागि पहल गर्ने आश्वासन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई दिएकी छन् ।

शुक्रबार राती राजपाका नेताहरु र राष्ट्रिपति भण्डारीबीच भएको भेटघाटमा राष्ट्रपतिले संविधान संशोधनका लागि प्रमुख दलका नेताहरुलाई बोलाएर छलफल गर्ने बताएकी छन् ।

समाचार स्रोतका अनुसार भेटघाटमा राष्ट्रपति भण्डारीले पनि संविधानमा त्रुटी रहेको स्वीकार गरेकी थिइन् । उनले भनिन्,‘संविधानमा रहेका कमीकमजोरीलाई मिलाउँदै लग्नु पर्छ तर संविधानलाई असफल हुन दिनु हुँदैन । माघ ७ गतेसम्म तीनवटै निर्वाचन नभए समस्या र्शिजना हुनेछ ।’

भेटघाटमा राजपाका नेताहरुले अहिलेको परिस्थितिमा निर्वाचनमा जान नसकिने जानकारी गराएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार राजपाले आफ्ना मागहरु सम्बोधनका लागि पहल गर्न र संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आग्रह गरेको थियो ।

प्रतिउत्तरमा राष्ट्रपति भण्डारीले आफुले संशोधनका लागि प्रमुख पार्टीका नेताहरुलाई बोलाएर छलफल गर्ने बताउँदै अहिलेको परिस्थितिलाई बुझ्न राजपाका नेताहरुलाई आग्रह गरेकी थिइन् ।





About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *