All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / स्टान्डर्ड चार्टर्डको एफपिओमा नपरेको पैसा जेठ १ देखि फिर्ता

स्टान्डर्ड चार्टर्डको एफपिओमा नपरेको पैसा जेठ १ देखि फिर्ता

काठमाडौं, वैशाख २६ । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले एफपिओमा नपरेको पैसा जेठ १ गतेदेखि पैसा फिर्ता दिने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जेठ १ गतेदेखि पैसा फिर्ता दिने जनाएको हो ।

बिक्री प्रबन्धकले दिएको जानकरीअनुसार विभिन्न २२ वटा बैंकमा खाता हुने आवेदको पैसा खतामै फिर्ता हुनेछ । तर बैंकको नाम भने अहिले एनएमबि क्यापिटलले खुलाइएको छैन ।

सोमबार भएको शेयर बाँडफाँट अनुसार बैंकको एफपिओमा १४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् । त्यस्तै १५० देखि १६० कित्तामाथि आवेदन दिनेलाई अनिवार्य १० कित्ता, १६० भन्दा माथि शेयर आवेदन दिनले ११ कित्ता पाएका छन् ।

त्यस्तै सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन दिने लगानीकर्ताले १६ सय ३० कित्ता शेयर प्राप्त गरेका छन् ।
शुक्रबार शेयर बाँडफाँट गर्ने तयारी भएपनि आस्बा प्रणालीबाट परेको आवेदनको म्याचिङमा केही समस्या देखिएकोले दुई दिन ढिला गरी आज शेयर बाँडफाँट भएको हो ।

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो ।

 

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *