All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / स्वावलम्बन लघुवित्तको मुनाफामा सामान्य वृद्धि

स्वावलम्बन लघुवित्तको मुनाफामा सामान्य वृद्धि




काठमाडौं, वैशाख २६ । स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेड (Swabalamban Laghubitta Bikas Bank Ltd, ) ले तेस्रो त्रैमासमा खुद मुनाफामा २० करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ जुन गत वर्षको तुलनाभन्दा ३ दशमलव ०१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १९ करोड ९४ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

बैंकले निक्षेपमा ३९ दशमलव ०८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जसबाट बैंकले कर्जामा ७ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १४ दशमलव ५६ प्रतिशतले बढेर ७१ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ दशमलव ८७ प्रतिशतले बढेर ३२ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।

बैंक (SWBBL) को निष्कृर्य कर्जा शुन्य दशमलव ७२ प्रतिशत र पुँजीकोषको अनुपात ११ दशमलव ४२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६५ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ७२ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ६१ रुपैयाँ र तरलता अनुपात १६ प्रतिशत रहेको छ ।



About Newsjanakpur

Check Also

जलविद्युतमा उछाल आउँदा कारोबार रकम कति ?

काठमाडौं, वैशाख २५ । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से १३ दशमलव ५१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *