All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / आइतबार पनि मधेश–थरुहट बन्दको घोषणा

आइतबार पनि मधेश–थरुहट बन्दको घोषणा




हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथाबत राख्दै आइतबार पनि आमहड्तालको घोषणा गरेको छ ।

थप कार्यक्रम अनुसार शनिबार साँझ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मसाल जुलुस प्रदर्शन गरिनेछ । निर्वाचनमा मनोनयनको दिन अर्थात आइतबार झापादेखि कञ्चनपुरसम्म  आमहड्तालको घोषणा गरेको छ ।

शुक्रबार बसेको राजपाको बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथाबत राखेको छ । संघीय गठबन्धन र सरकारबीचको सम्झौता विपरीत सरकारले एकतर्फी रुपमा निर्वाचनको घोषणा गरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसअघि घोषित कार्यक्रम अनुसार असार पाँच गते जिल्ला सदरमुकामहरुमा लाठी जुलुस, ६ देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई अवरोध गर्ने, ८ गते मोटसाइकल रैली, ९ गते मसाल जुलुस र १० गतेदेखि अनिश्चितकालिन बन्दको आह्वान गरिएकै छ ।

यसबीचमा थप कार्यक्रमहरु सार्वजनिक गरिनेछ भने दुई नम्बर प्रदेशको कार्यक्रममा केही हेरफेर हुने राजपाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।





About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *