All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / आक्रमक हुँदै आन्दोलन, थप कार्यक्रम घोषणा हुने

आक्रमक हुँदै आन्दोलन, थप कार्यक्रम घोषणा हुने

हुलाकी न्यूज, काठमाडौं । मधेशमा जारी आन्दोलन शुक्रबार आक्रमक बनेको छ । सरकारले आन्दोलनरत पक्षको सहमति विना दुई नम्बर प्रदेश निर्वाचन स्थगित गरेको र माग पुरा गर्ने विषयमा ध्यान नदिएको भन्दै आन्दोलन आक्रमक बनेको हो ।

विहीबार सरकारले आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका बाबजुद दुई नम्बरको निर्वाचन मात्र स्थगित गरेको छ । सरकारले मधेशको माग सम्बोधनका विषयमा कुनै चासो नदिएको भन्दै आन्दोलन थप शसक्त बन्ने राजपाका नेता राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।

यता शुक्रबार विहानदेखि राजपका नेताहरु छलफलमा जुटेका छन् । महन्थ ठाकुरको निवास सानोठिमी भक्तपुर राजपाका नेताहरुबीच छलफल भएको छ ।

शुक्रबार नै थप आन्दोलनका कार्यक्रम घोषणा हुने राजपाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

पाँच नम्बर प्रदेशको निर्वाचन स्थगित नगरी मधेशीहरुबीच विवाद ल्याउन खोजेको भन्दै आन्दोलनकारीहरु आक्रमक हुँदै विभिन्न स्थानमा तोडफोड गरेका छन् ।

राजपाका नेता हृदयेश त्रिपाठी शुक्रबार आन्दोलनलाई शसक्त बनाउन पश्चिमतिर लागेका छन् ।

राजपाका सचिव उपेन्द्र महतोका अनुसार

बन्द, चौथों दिन Update
-२ अषाढ, २०७४

६. मोरंग – बिराटनगरमा झड़प, थप ६ आन्दोलनकारी प्रहरी हिरासतमा जम्मा २० आन्दोलनकारी प्रहरी हिरासतमा
५. मोरंग – बिराटनगरमा झड़प, १४ आन्दोलनकारी प्रहरी हिरासतमा
४. सुनसरी – गाँउ गाँउमा टायर बाली बिरोध प्रदर्शन
३. नवलपरासी – गाँउ गाँउमा टायर बाली बिरोध प्रदर्शन
२. नवलपरासी – काँग्रेसको झण्डा तथा प्रचार सामग्री टीसर्ट आन्दोलनकारी ले जलाए
१. सिरहा – गोलबजार आन्दोलनकारीले प्रहरीले प्रयोग गरिरहेको बसमा तोड़फोड़।

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *