All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / काठमाडौंमा चुनाव बहिस्कार सभा सम्पन्न

काठमाडौंमा चुनाव बहिस्कार सभा सम्पन्न




हुलाकी न्यूज, काठमाडौं । स्थानीय तहको निर्वाचनअघि मधेशका मागहरु पुरा गर्नु पर्ने भन्दै काठमाडौंमा चुनाव बहिस्कार सभा सम्पन्न भएको छ । तराई मधेश राष्ट्रिय परिषद्को अगुवाइमा काठमाडौंस्थित माइतीघर मण्डलामा चुनाव बहिस्कार सभा सम्पन्न भएको हो ।

संविधान संशोधन गर्नु पर्ने र स्थानीय निकायको संख्या जनसंख्याको अनुपातमा बनाउन पर्ने माग तमरापले गर्दै आएको छ । स्थानीय निकायको निर्वाचन गरी मधेशीमाथि विभेदकारी संविधान लादन खोजिएको भन्दै विरोध हुँदै आएको छ ।
शुक्रबार भएको बहिस्कार सभामा विश्लेषक सीके लाल, डा. ओम गुरुङ, अधिवक्ता दिपेन्द्र झा र उज्वल प्रसाईँलगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले पनि संविधान संशोधन गरी मात्र निर्वाचन गरिनु पर्ने बताएका थिए । अधिकांश वक्ताहरुले मधेशको अधिकारका लागि आन्दोलन आवश्यक रहेको बताउँदै आन्दोलनलाई निरन्तरता दिन आग्रह गरे ।

यसअघि पनि तमरापले चुनाव बहिस्कार सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।





About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *