All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / जनकपुरधामः पूर्वमन्त्री, सांसदसहित ४१ जना पक्राउ, ६ जना अस्पताल भर्ना

जनकपुरधामः पूर्वमन्त्री, सांसदसहित ४१ जना पक्राउ, ६ जना अस्पताल भर्ना




किशोर गुरु, जनकपुरधाम । आइतबार जनकपुरधाममा भएको प्रदर्शनको क्रममा पूर्वराज्य मन्त्री एवं राष्ट्रिय जनता पार्टी(राजपा) की महासचिव सुरिता साह र सांसद दिनेश साह, राजपाका प्रवक्ता लालकिशोर साहसहित ४१ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रमअनुसार आइतबार विहानैदेखि जनकपुरधाममा प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा ट्रयाक्टरसहित केही सवारीसाधानमा तोडफोड भएको छ ।

जनकपुरधामको विभिन्न स्थानबाट ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ । प्रहरी कार्यालय बाहिर भने सयौंको संख्यामा आन्दोलनकारीहरुले नारावाजी गर्दैछन् ।

प्रहरी हिरासतमा रहेकी पूर्वराज्य मन्त्री साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै भनिन्,‘प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी नियन्त्रणमा रहेका कतिपय आन्दोलनकारीहरुलाई पनि चोटपटक लागेको छ ।’

पक्राउ पर्नेमा १५ जना महिला रहेको साहले बताइन् ।

यता घाइते विभा ठाकुर, सरिता शर्मा, रेणु झालगायतका प्रदर्शनकारी घाइते भएपछि उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको राजपाले जनाएको छ ।





About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *