राष्ट्रपतिको घर भाँडा तिर्न मधेशी युवाको एक हजारको सहयोग






हुलाकी न्यूज, काठमाडौं ।
सरकारले घर भाँडा नर्तिदा पूर्व राष्ट्रपति डा.राम्बरण यादव बाम्बार विवादमा तानिने गरेका छन् । यस पटक त घरधनीले घर खाली गर्न पत्रिकामा विज्ञापन छापेर १५ दिने अल्टिमेटम नै दिएको छ ।

सरकारले बारम्बार पूर्व राष्ट्रपति यादवलाई बदनाम गर्न खोजको भन्दै भारतको दिल्लीमा बस्दै आएका एक मधेशी युवाले एक हजारको चेक पठाएको छ ।

उसले राष्ट्रपतिको घर भाँडा तिर्नका लागि चन्दा उठाउन सर्वसाधारणहरुलाई आग्रहसमेत गरेका छन् ।

भारतको दिल्लीमा बस्दै आएका युनाइटेड मधेशीजका पूर्व महासचिव एवं चार्टर एकाउन्टेड उमेश कुमार साहले पूर्व राष्ट्रपति डा. यादवको नाममा एक हजारको चेक पठाएका छन् ।

साहले भारतीय स्टेट बैंकको एक हजारको चेक पठाउँदै अन्य मधेशी, आदिवासी, जनजाति, थारु र मुस्लिमहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।







Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *