मधेशका सितलहर पीडितलाई राहत दिन प्रचण्डको आग्रह





हुलाकी न्यूज, काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सितलहर प्रकोप प्रभावित मधेशका क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रचण्डले विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरे ।

“तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”– प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मधेशमा सितलहरका कारण हालसम्म डेढ दर्जनको ज्यान गइसकेको छ ।







Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *