सिरहाको कर्जन्हामा रहाको मुसहर बस्तीमा कमबल वितरण





हुलाकी न्युज सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिका वडा नम्बर ७ प्रेमनगरमा शनिबार कमबल वितरण भएकाे छ ।
धुर्मुस सुन्तलि फाउन्डेसन मार्फत कर्जन्हाका मेयर गंगाा पासमान द्वारा कमबल वितरण गरिएको हाे ।

मेयर पासमान मुसहर वस्तिमा अाफै पुगि मुसहर समुदायहरूकाे समस्या सुन्दै कमबल वितरण गरिएकाे हाे । सबै भन्दा पिछडिएको, अार्थिक अवस्था समेत कम भएकाे र अधिकारबाट समेत बन्चित रहेकाले यस समुदायलाई कमबल वितरण गरेकाे बताए । सितलहरमा ज्यान जाेगाउन अावश्यक देखिएकाे र न्यानाे कपडा समेत किन्न नसकिएकाले मुसहर वस्तिमा थप राहतका सामग्री बड्ने तरखरमा रहेकाे उनले बताए ।

मुसहरहरूकाे शैक्षिकस्तर जगाउन अहिलेकाे लागि अति अावश्यक रहेकाले सबै मुसहर परिवारका बालबालिकाहरूलाई पठनपाठनमा ध्यान दिन र अभिभावकहरुलाई विधालय पठाउन उनले अाग्रह समेत गरे ।

यसरी अाफुहरूले जाडाेमा बाच्नका लागि पहिलाे पटक कमबल पाएकाेले अाफु निकै खुसिभएकाे गणेशि सदाले बताए । अाफुहरूलाई राहतकाे थप सामग्रिहरू उपलब्ध गराइदिनहुन उनिहरुले मेयर पासमानलाई अाग्रह समेत गर्नुभयाे ।







Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *