सदैव व्यापारीहरुको हकहितका लागि काम गर्ने-कार्यकारिणी सदस्य पदका उम्मेदवार निरज साह(मुन्ना)

जनकपुर सम्बाददाता,पौष २७

जनकपुर उद्योग वाणिज्य संघमा पुस २९ गते हुने निर्वाचन लागि चुनावी प्रतिस्पर्धा तीव्र भएको छ । अध्यक्ष पदका लागि ललित साह र पवन ठाकुर प्रतिस्पर्धामा छन भने अन्य पदहरुमा समेत उम्मेदवारहरु बिच कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार हरु आ–आफ्ना चुनावी मैदानमा होमिएका छन् । यसैक्रममा कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका निरज साह(मुन्ना)ले पनि आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएका छन । उनले आफ्नो पक्षमा लाग्न व्यवसायीहरुसँग आग्रह गरेका छन । पुस २९ गते हुने निर्वाचनमा उम्मेदवार साह निरन्तर जुटेका छन ।

उनले आफु सदैव व्यापारीहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै मतदाताहरु माझ पुग्ने क्रम जारी राखेका छन । क्रम संख्या १२ रहेका प्रत्याशी साहले व्यवसाय र जनकपुरको आर्थिक विकासका लागि सक्दो सहयोग गर्ने उल्लेख गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन ।

Recommended For You

About the Author: Rakesh Bikram

Leave a Reply

Your email address will not be published. Required fields are marked *