‘टाइगर जिंदा है’ मार्फत सलमानले रचे इतिहास

एजेन्सी । बलिउड अभिनेता सलमान खानले इतिहास रचेका छन् । उनको फिल्म ‘टाइगर जिंदा है’ले घरेलु बक्स अफिसमा रिलिजको १६ औं दिनमा ३०० करोडको व्यापार गरेर एक नयाँ किर्तिमान बनाएको छ । बलिउडमा उनको तीन वटा फिल्मले ३०० करोडको आँकडा पार गरिसकेको छ ।

सलमान खार कट्रिना कैफको यस फिल्मले ३०० करोडको व्यापार गर्न नसक्ने अवस्थामा पुगेको थियो । तर, शनिबार फिल्मले पाँच करोडमाथिको व्यापार गरेपछि यो सम्भव भएको हो । यसअघि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बजरंगी भाईजान’ले पनि घरेलु बक्स अफिसमा ३२० करोडको व्यापार गरेको थियो । त्यस्तै सन् २०१६ मा रिलिज भएको फिल्म ‘सुल्तान’ले ३०० करोडको सानदार कलेक्शन गरेको थियो ।

तीन सय करोड क्लबमा आमिर खानको अहिलेसम्म दुई फिल्मले प्रवेश पाएका छन् । सन् २०१६ मा रिलिज भएको ‘दंगल’ र सन् २०१४ मा रिलिज भएको ‘पिके’ले घरेलु बक्स अफिसमा ३०० करोडमाथिको कलेक्शन गरेको थियो ।

Comments

comments

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *