टाइगर स्टारर ‘बागी २’को कहानी लिक !

एजेन्सी । यतिबेला बलिउड अभिनेता टाइगर श्राफ फिल्मका लागि निकै मेहनत गरिरहेका छन् । उनी आफ्नो आगामी फिल्म ‘बागी २’मा व्यस्त छन् । उनी फिल्मप्रति निकै नै उत्साहित छन् । फिल्ममा उनको कथित प्रेमिका दिशा पटानी समेत छिन् ।

बताइएअनुसार फिल्म एक्शनका सिन बढी छन् । हालै फिल्मको सेटको एक भिडियो बाहिर आएको थियो जसमा फिल्मकी लिड अभिनेत्री दिशा र टाइगर एकअर्कासँग विवाह गरिरहेका देखिन्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । त्यस्तै फिल्मको कहानी लिक भएको छ । बताइएअनुसार फिल्मको पहिलो भागको समाप्तिपछि दिशाको मृत्यु हुनेछ । जसपछि टाइगर दिशाकी छोरीलाई दुश्मनबाट बचाउन लागिपरेको अवस्थामा देखिनेछन् । बागीमा टाइगरले श्रद्धाको ज्यान बचाए जस्तै सिक्वेलमा पनि उनी त्यस्तै रुपमा देखिनेछन् ।

बताइएअनुसार फिल्ममा टाइगरको बिहे दिशासँग हुनेछैन । दिशाको विवाह अरु कोहीसँग हुन्छ ।

Comments

comments

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *