नगद सहित १५ लाखको धनमाल जल्यो


सिरहा, २ जेठ । सिरहाको गोलबजार नगरपालिका ४ मा आगलागी हुँदा नगद ३ लाखसहित १५ लाखको धनमाल जलेर नष्ट भएको छ । गोलबजार नगरपालिका ४ गोलचक्र भन्दा ३० मिटर दक्षिण अस्मिता ईलेक्ट्रोनिक जेनरल अर्डर सप्लायरमा बिद्युत सर्किट शर्ट भई राति २ः३० बजेतिर आगलागि भएको थियो ।

अनिल गिरिको घरमा बिजय गिरिले संचालन गरेको अस्मिता इलेक्ट्रोनिक जेनरल अर्डर सप्लायरमा आगलागी भएको थियो । आगलागीमा इलेक्ट्रोनिक सामानहरु पंखा, चिम, स्विच ,कमप्युटर जस्ता सामानहरु तथा नगद तीन लाख जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा लिनको लागि नगरपालिकाको वारुण यन्त्र सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेश सुवेदीले जनाए ।


पटक पढेको
63

Comments

comments



Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *