Connect with us

धनुषामा थप एक जनामा कोरोना पोजेटिभ संक्रमितको संख्या ३

धनुषामा थप एक जनामा कोरोना पोजेटिभ संक्रमितको संख्या ३

जनकपुरधाम : धनुषामा पनि ३ जना कोरोना संक्रमित पाइएको छ ।

जनकपुरधाम उप-महानगरपालिकाका ४० र ३५ वर्षीय दुई जना पुरुष अर्का एक धनुषाकै मिथिला नगरपालिका १० का २५ वर्षीया एक महिलामा कोरोना पोजिटिभ देखिएको छ ।
 
४० वर्षीय पुरुष जनकपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका हुन् उनलाई गत बुधबार गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिर्पोट आएको थियो । तर सोही स्वाबलाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा पोजिटिभ आएको हो ।

अर्का ३५ वर्षीय पुरुष महोत्तरी जलेश्वर निवासी हुन उनी जनकपुरधाम उप-महानगरपालिका ४ स्थित पुस्तक पसल संचालक गर्दै आएका छन् ।

यसैगरी मिथिला नगरपालिका १० लालगढकी २५ वर्षीया महिला चैत १ गते भारतबाट नेपाल आएकी थिइन् ।

संक्रमित तीनैजनालाई प्रादेशिक अस्पताल जनकपुरमा आइसोलेसनमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया 👇
Continue Reading
Advertisement
You may also like...

More in स्वास्थ्य

धेरैले पढेको

Advertisement

Trending

Latest in Nepal

To Top